नपाएको प्रेमको बगैंचा

 

तिमी नपाएकी मान्छे…

तर कसरी हुन्छ कि
मेरो मनको अंश–अंशमा तिम्रो चिच्यावट बिझिरहन्छ?

वास्तविक जीवनमा नपाएको प्रेम,
किन कल्पनामा बगैंचाजस्तो फूल फुलाउँछ?
किन तिनै बगैंचाका पातजस्तै
झर्दै जान्छन् मेरा नयनका रसहरू?

सायद…
पाउनु मात्रै प्रेम होइन रहेछ,
नजिक आएर रुमलिनु
वा अपनत्व पर्खालमा टेक्नु मात्रै प्रेम होइन रहेछ।

प्रेम त त्यही रहेछ—
जसले नपाएको पात्रकै नाममा
सुन्दर बगैंचाको कल्पना गर्छ,
गरिरहन्छ… अनि गरिरहनेछ।


किन झरेका होलान् मेरा कलिला नयनका रसहरु । सायद पाउनु मात्रै प्रेम त हैन रैछ नी त हैं र?


Post a Comment

0 Comments